images
images

निर्वाचन आयोगले आजदेखि अस्थानी मतदाता नामावली संकलन गर्दै


  • 345
    SHARES
  • २०७९ आश्विन ६ गते बिहीबार

    निर्वाचन आयोगले आजदेखि अस्थानी मतदाता नामावली संकलन गर्दै

    काठमाडौं । निर्वाचन आयोगले आजदेखि अस्थानी मतदाता नामावली संकलन गर्ने भएको छ । बुधबार सुचना जारी गर्दै आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको हो ।

    अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । 

    आगामी कात्तिक १ गते प्राप्त अस्थायी मतदाताको विवरण रुजु गरी सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन गर्ने भएकाे छ ।त्यस्तै,   कात्तिक २ देखि ३ गते अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले त्रुटि सच्याउन निवेदन दिने, कात्तिक ४ गते प्राप्त निवेदन उपर जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गर्ने, कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेश गर्ने व्यवस्था  मिलाउने आयोगले जनाएकाे छ ।


    images
    images

    Logo