काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौं जिल्लामामा १० अधिृकत नियुक्त गरेको छ । आयोगले असोज ११ गतेदेखि नै लागू हुनेगरी मुख्य निर्वाचन अधिृकत तथा निर्वाचन अधिृकतको नियुक्ति गरेको हो ।
आयोगले १ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिृकत र ९ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ। जसमध्ये मुख्य निर्वाचन अधिृकतमा काठमाडौ जिल्ला अदालतका जिल्ला न्यायाधीश राजकुमार खतिवडा नियुक्त भएका छन् ।
त्यस्तै, निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालय सिन्धुपाल्चोककी जिल्ला न्यायाधीश विमला रेग्मी, उच्च अदालत पाटनकी उपरजिस्ट्रार मन्दिरा शाही, सर्वोच्च अदालतकी उपरजिस्ट्रार शारदादेवी पौडेल, सर्वोच्च अदालतका इजलास अधिकृत ऋतबहादुर पुलामी मगर, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव (कानुन) सम्झना खनाल, सर्वोच्च अदालतका इजलास अधिकृत उष श्रेष्ठ, न्याय परिषद् सचिवालयका उपसचिव दिपक धिताल, सर्वोच्च अदालतका इजलास अधिकृत पूजा खत्री, फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक फणेश्वरी घिमिरे रहेका छन् ।
नियुक्ति भएका १० जनालाई आयोगले असोज ११ र १२ गते हुने निर्वाचन व्यवस्था सम्बन्धि अभिमुखीकरण कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुन अनुरोध गरेको छ ।



