images
images

ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघको माग


  • 345
    SHARES
  • २०७९ आश्विन ५ गते बुधबार

    ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघको माग

    काठमाडौं । बैंक वित्तिय संस्थाहरूद्धारा असोज एक देखि लागु हुने गरि ब्याजदरमा भएको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यसले कर्जाको ब्याजदर अकासिने हुँदा महासंघले सरकार, केन्द्रिय बैंक र बैंक वित्तिय संस्थाहरूको ध्यानाकर्षण गराएको हो । 

    'बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ ।' ८ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तिय संस्थाहरूको यस निर्णयले थप माथि लाने संघको भनाइ छ । अर्थतन्त्र सुंकचित हुँदै जांदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको संघले जनाएको छ ।

    'संकटको बेलामा जोखिम बाडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था हो । विशेषगरि कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गर्दछ ।' तर 'पछिल्लो निर्णयले व्याज दरमा अस्थिरता हुँदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुनेछ । यस सन्दर्भमा विगतमा ब्याजदर बढदैमा निक्षेप नबढेको उदाहरण पनि स्मरणीय छ ।'

    अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने महासंघको आंकलन छ । त्यसैले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघले सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गरेको छ  । 


    images
    images

    Logo