images
images

लगातार ४ दिन घटेको शेयर बजारमा सामान्य सुधार, ७२ करोडको कारोबार


  • 325
    SHARES
  • २०७९ आश्विन ५ गते बुधबार

    लगातार ४ दिन घटेको शेयर बजारमा सामान्य सुधार, ७२ करोडको कारोबार

    काठमाडौं ।  लगातार ४ दिन घटेको शेयर बजारमा आज सामान्य सुधार देखिएको छ । नेप्से परिसुचक ११.१९ अंकले बढेर १ हजार ८ सय ४८ दशमलव ८० विन्दुमा पुगेको छ । शेयर बजार गत बिहीबारदेखि लगातार घट्न थालेको हो । मंगलबार १ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको शेयर बजार आज  ७२ करोड १२ लाख रुपैयाँमा मा सीमित भएको छ । बुधबार शेयर बजार बढेपनि कारोबार रकममा भने भारी गिरावट आएको छ । 

    आज १ सय ४२ कम्पनीको शेयर मुल्य बढेको छ । ३८ कम्पनीको शेयर मुल्य घटेको छ भने ७ कम्पनीको शेयरमूल्यमा स्थिर आएको छ ।  आज कारोबारमा आएका १३ वा उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक बढेका छन् । 

    आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ३ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज हिमालयन डिष्टिलरीको २ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    बुधबार सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । 


    images
    images

    Logo