images
images

आश्विन ७ गतेदेखि “नाडा इभि चौतारी”को आयोजना हुँदै 


  • 321
    SHARES
  • २०७९ आश्विन ५ गते बुधबार

    आश्विन ७ गतेदेखि “नाडा इभि चौतारी”को आयोजना हुँदै 

    काठमाडौं । नेपाली अटोमोवाइल व्यवसायीहरुको छाता संगठन “नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल”ले आश्विन ७ गते “नाडा इभि चौतारी” आयोजना गर्ने लागेको छ । उक्त “नाडा इभि एक्स्पो“ चलिरहेको समयमा नै आश्विन ७ गते देखि ९ गते सम्म प्रत्येक दिन दिउसो २ बजे देखि ४ बजे सम्मनाडा चौतारी सेमिनार पनि संचालन हुने भएको हो । 

    तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ भनेईभी चौतारीको पहिलो दिन असोज ७ गते ईभी टेक्नोलोजी तथा इकोसिस्टमको बारेमा छलफल हुने नाडा अटोमोबाइल्स एसोसिएसनले जनाएको छ ।

    यस्तै, दोस्रो दिन असोज ८ गते विद्युतीय सवारीको वित्तीय पक्षबारे विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्नेछन् भने अन्तिम दिन असोज ९ गते विद्युतीय सवारी साधनको प्रबर्द्धनका लागि सरकारी नीतिहरूका विषयमा छलफल हुनेछ  

    यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाड्ने चौतारी हुने भएको छ । 


    images
    images

    Logo