काठमाडौं । ललितपुर महानगरपालिकाले अवैध संरचनाहरु हटाउनका लागि ३५ दिने अल्टिमेटम दिएको छ । बुधवार महानगरले सूचना जारी गर्दै यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।
महानगरले मापदण्ड विपरित सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरेर निर्माण गरिएका सबै संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।
३५ दिनभित्र यस्ता संरचनाहरु नहटाएमा महानगर आफैँले हटाउने चेतावनी समेत दिएको छ ।
