काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न प्रतिबन्ध लगाएको छ । महानगरले बुधबार एक सूचना सार्वजनिक गर्दै महानगरभित्र अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त भएका बोडहर्रु तत्काल हटाउन आग्रह गरेको हो ।
अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त पश्चात पनि निरन्तर होर्डिङ बोर्ड र डिजिटल बोर्डबाट बाह्य विज्ञापन गरेपछि सूचना जारी गर्न महानगर बाध्य भएको जनाईएको छ ।
उच्च अदालत पाटनले दिएको भदौ ३० गतेको आदेशका आधारमा महानगरले असोज ५ आजदेखि बाह्य विज्ञापन सम्बन्ध संस्था तथा व्यक्तिलाई आग्रह गरेको छ । नियम उल्लंघन गरेर बोर्ड राखेमा नगर प्रहरी बल लगाएर हटाउने पनि महानगरले चेतावनी दिएको छ ।