images
images

सुर्यविनायक नगरपालिकाले थाल्यो बजार अनुगमन, १६ हजार बराबरको गुणस्तरहीन सामान नष्ट


  • 214
    SHARES
  • २०७९ आश्विन ५ गते बुधबार

    सुर्यविनायक नगरपालिकाले थाल्यो बजार अनुगमन, १६ हजार बराबरको गुणस्तरहीन सामान नष्ट

    भक्तपुर । दशैं,तिहार र छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिकाले संयुक्त बजार अनुगमन थालेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न नगरले आफ्नो क्षेत्रभित्रका स्थानीय बजारमा अनुगमन थालेको हो ।

    आज सुर्यविनायक वडा नम्बर ६ र ८ क्षेत्रमा मासु पसल,फलफुल पसल र खाद्य पसललाई लक्षित गरी अनुगमन गरिएको छ । नगरपालिकाको नियमित कार्यक्रमअनुसार नै बजार अनुगमन गरिएको नगरउपप्रमुख सरिता भट्टराईले जानकारी दिइन् । उपप्रमुख भट्टराईकै नेतृत्वमा बजार अनुगमन सुरु गरिएको छ ।

    टोलीले बजार अनुगमनका क्रममा बिभिन्न पसलबाट रु १६ हजार ३ सय ३२ रुपैयाँ बराबरको म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरेको नगरपालिकाका अनुगमन अधिकृत सुरज पौडेलले बताए । सबल भक्तपुर प्रालिलाई ७ दिनभित्र नगरपालिकामा फर्म सूचीकरण गराउन निर्देशन दिएको छ ।

    उक्त कम्पनीबाटबाट म्याद नाघेका पोटेटो चिप्स, ग्रेप जुस, अरेन्ज जुस, पिनट बटर, मुगी दाल र अचार गरी रु ९ हजार ८ सय ६५ बराबरको खाद्यसामग्री बरामद गर्नुका साथै रु चार हजार जरिवाना गरेको छ ।

    सुर्यविनायक मिनीमार्टबाट म्याद नाघेका लेक्टोजिन,चिकेन मम ,सेरेलेक्स र गेडागुडी गरी रु ५ हजार ४ सय ९५ बराबराको खाद्यसाग्री बरामद गर्नुका साथै ढक तराजु सही अबस्थामा राख्न,खाद्य सामग्रीमा उत्पादन र उपभोग्य मिति अनिवार्य राख्न निर्देशन दिईएको छ ।

    Bazar Anuman ph suryabinayak.jpg

    ब्रदर्स फुड एण्ड जुस सेण्टरलाई ७ दिनभित्र फर्म नवीकरण गर्न, जय मिट सपलाई सरसफाइमा ध्यान दिन र मुल्यसुची अद्यावधि राख्न, अर्पण मिट शपलाई शीघ्र फर्म सूचीकरण गर्न र सरसफाई राख्न, बिजु न्हुछे फुड एण्ड जुस पसललाई ७ दिनभित्र फर्म नवीकरण गर्न तथा अनिवार्य रुपमा मुल्यसूची राख्न निर्देशन दिइएको अनुगमन अधिकृत पौडेलले जानकारी दिए । 

    अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेश कुमार दाहाल, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि यादवप्रसाद मिश्र,राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि मनोज थापा, उद्योग वाणिज्य संघका प्रतिनिधि गौतम सुजखु, नेपाल प्रहरी, नगर प्रहरी तथा पत्रकारको सहभागिता रहेको थियो ।

    बजार अनुगमनलाई तालिका मिलाएर नगरपालिकाभित्र निरन्तर अनुगमन गरिने उपप्रमुख भट्टराईले बताइन् । जिल्लाका चारवटै नगरपालिकाका व्यवसायीहरूले म्याद नाघेका, मूल्यसूची नराखी बिक्री गर्ने गरेको, उपभोक्तालाई बिल दिने व्यवस्था नभएको र उपभोग्य वस्तुहरूको कालोबजारी गरी बिक्रीवितरण गर्ने गरेको पाइएको उपभोक्ताको गुनासो छ । उपभोक्ताले बजार अनुगमन गर्दा महँगी,कालोबजारी नियन्त्रण हुने गरी र उपभोक्ताको हित हुने गरी प्रभावकारी तरिकाले अनुगमन गर्नुपर्ने माग गर्ने गरेका छन् ।


    images
    images

    Logo