images
images

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय निर्धारण हुँदै


  • 308
    SHARES
  • २०७९ आश्विन ४ गते मंगलबार

    मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय निर्धारण हुँदै

    काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा राख्ने गरी निर्धारण गरेको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०७९ को दफा ७ बमोजिम निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा तोकिने छ भन्ने उल्लेख भए अनुसार सो निर्णय गरिएको सहसचिव तथा प्रवक्ता  शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् । 

    आयोगले मातहतका जिल्ला निर्वाचन कार्यालयमा उक्त सूची पठाएको छ । आगामी मङ्सिर ४ गते निर्वाचन हुने तोकिएको छ ।


    images
    images

    Logo