images
images

सोपान फर्मास्युटिकल्सले आईपीओे निष्काशन गर्दै, बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल नियुक्त


  • 294
    SHARES
  • २०७९ आश्विन ४ गते मंगलबार

    सोपान फर्मास्युटिकल्सले  आईपीओे निष्काशन गर्दै, बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल नियुक्त

    काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १४ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । 

    कम्पनीले हाल जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर निष्काशन गर्न लागेको हो । सो आईपीओ निष्काशन तथा विक्री प्रबन्धकका लागि कम्पनीले एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । 

    उक्त निष्काशन गर्ने सम्बन्धी सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले एक कार्यक्रमकाबीच आज हस्ताक्षर गरेका छन् । 

    ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वार्ड नं ८ मा अवस्थित लब्ध प्रतिष्ठित गैर आवासीय नेपाली व्यवसायीहरु, नेपाली सफल व्यापारिक घराना, औषधि, स्वास्थ्य तथा अन्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको संलग्नतामा स्थापित सोपान फर्मास्युटिकल्सले आईएसओ, विश्व स्वास्थ्य संगठन तथा युरोपियन मापदण्डको अनुसारको अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी आर्थिक वर्ष २०७८/७९ देखि उच्च गुणस्तरको विभिन्न प्रकारका औषधिहरु उत्पादन गर्दै आएको छ । 

    यस उद्योगले एन्टिवायोटिक्स, मुटुरोग, मधुमेह, स्वास प्रस्वास, छालारोग, नशा तथा हाडजोर्नी, मानसिक रोग, पाचन प्रणाली, प्रोस्ट्रेट, प्रतिरक्षा प्रणाली र भिटामिन्ससँग सम्बन्धित औषधिहरु उत्पादन गर्दै आइरहेको छ । साथै आगामी २ वर्ष भित्रमा आइ एण्ड इएर ड्रप्स र सफ्ट जेल क्याप्सुल समेत उत्पादन गर्ने योजना बनाएको छ ।    


    images
    images

    Logo