काठमाडौं । नेपालमा हालसम्म डेंगु सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म सङ्क्रमितको संख्या १७ हजार ४ सय ९४ पुगेको छ । सबैभन्दा धेरै ललितपुरमा ४ हजार ८ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, काठमाडौंमा ४ हजार ६ सय ७४, भक्तपुरमा ७ सय १३ गरी उपत्यकामा डेंगी सङ्क्रमितको संख्या १० हजार २ सय ६५ पुगेको छ । उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै १ हजार ६ सय १० जनामा संक्रमण देखिएको छ ।
डेंगुबाट जोगिने लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।