काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीको चुक्ता गर्न बाँकी रकम आजदेखि जम्मा गर्न सकिने भएको छ । कम्पनीले सूचना जारी गर्दै आजबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको हो ।
कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँ भुक्तानी अनुरोध गरेको छ । उक्त रकम कात्तिक १७ गतेसम्म भर्न पाइनेछ ।
९० रुपैयाँमध्ये रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज भएकोले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ ।
यो आयोजनाले आईपीओ २०७५ चैत ७ गते खुला गरेको थियो । कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
उक्त शेयरमा अंकित मूल्यको १० प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।



