images
images

टेलिकमले मंगलबारदेखि थप ७ स्थानबाट ई–सिम वितरण गर्ने


  • 376
    SHARES
  • २०७९ आश्विन ३ गते सोमबार

    टेलिकमले मंगलबारदेखि थप ७ स्थानबाट ई–सिम वितरण गर्ने

    काठमाडौं । नेपाल टेलिकमले मंगलबारदेखि थप ७ स्थानबाट ई–सिम वितरण गर्ने भएको छ । आज सूचना जारी गर्दै थप ७ स्थानबाट इ–सिम वितरण गर्ने टेलिकमले जनाएको हो । 

    अव नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयबाट पनि इ–सिम बिक्री थाल्ने भएको छ। यसअघि टेलिकमले सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट मात्रै सिमकार्ड बिक्री गरिरहेको छ।

    टेलिकमले आफूसँग यथेष्ट संख्यामा इ-सिमको मौज्दात रहेको पनि जनाएको छ। मोबाइल सेटमा इ–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ–सिम प्रयोग गर्न सकिन्छ।

    त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा इ–सिम चल्नेरनचल्ने यकिन गरेर मात्र इ–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा पुग्ने टेलिकमले आग्रह गरेको छ। यसका लागि आफ्नो मोबाइलबाट *#०६#३ डायल गर्नुपर्ने टेलिकमले जनाएको छ।

    यसरी डायल गर्दा इआइडी लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा इ–सिम चल्ने टेलिकमले जनाएको छ।  त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि इ–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ। 

    फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिम हालका लागि टेलिकमले निःशुल्क इ–सिममा परिवर्तन गर्ने सुविधा दिइरहेको छ। त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम उपलब्ध गराइ रहेको टेलिकमले जनाएको छ।


    images
    images

    Logo