images
images

साफ महिला च्याम्पियनशिपः नेपाल बंगलादेशसँग ३–१ ले पराजित


  • 346
    SHARES
  • २०७९ आश्विन ३ गते सोमबार

    साफ महिला च्याम्पियनशिपः नेपाल बंगलादेशसँग ३–१ ले पराजित

    साफ महिला च्याम्पियनशिपः नेपाल बंगलादेशसँग ३–१ ले पराजितकाठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबल  प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१  गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । 

    बंगलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास रचेको छ । खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग २–० गोल ले पछाडि परेको थियो भने खेलको दोस्रो हाफमा बङ्लादेश र नेपालले १/१ गोल  गरे । बङ्लादेशका लागि सामसुनाहरले खेलको १३औँ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१औँ मिनेटमा गोल गरिन् ।  

    तेस्तै खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले एक गोल  फर्काइन् । खेलको ७६औँ मिनेटमा बङ्लादेशकी श्रीमोतीले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्लादेशलाई ३–१ को जीत दिलाइन् । यस हारसँगै नेपाल प्रतियोगितामा दोस्रो भएको छ ।


    images
    images

    Logo