images
images

नेप्सेमा ओरालो कायमै, ३३ अंकले घट्दा परिसुचक १८७६.४१ विन्दुमा 


  • 310
    SHARES
  • २०७९ आश्विन २ गते आइतबार

    नेप्सेमा ओरालो कायमै, ३३ अंकले घट्दा परिसुचक १८७६.४१ विन्दुमा 

    काठमाडौं । गत साताको बिहीबार देखि ओरालो लागेको शेयर बजारले यस साता पनि निरन्तरता दिएको छ। बैंकहरुले ब्याजदर बढाउने सहमति भएसँगै बजार ओरालो लाग्न थालेको हाे। यसका साथै बजार निकै तल्लो विन्दुमा आइसकेको छ ।

     नेप्से परिसूचक ३३.९७ अंकले घटेर १ हजार ८ सय ७६ दशमलव ४१ को विन्दुमा पुगेको छ। २ सय २९ स्क्रिपको १ अर्ब ६० करोड रुपैयाँ बराबरको ६२ लाख ९६ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज १ सय ९० कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको मात्र शेयर मुल्य बढेको छ । आज सबै उपसूचक घटेका छन् । १३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२४ प्रतिशत घटेको छ। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशत घटेको छ भने विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।  

    आज सबैभन्दा धेरै लक्ष्मी बैंकको शेयर कारोबार भएको छ । बैंकको २१ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको संस्थापक शेयर १९ करोड ५८ लाखको कारोबार भएको छ । नेपाल टेलिकमको ५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

     


    images
    images

    Logo