images
images

सातामा २७.३६ अंक घट्यो नेप्से, आगामी साता के होला ?


  • 471
    SHARES
  • २०७९ आश्विन १ गते शनिबार

    सातामा २७.३६ अंक घट्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से २७.३६ अंक १ हजार ९ सय १०दशमलव ३८ विन्दुमा  घटेर विन्दुमा झरेको छ। बजार ६ कारोबार दिनमध्ये २ कारोबार दिन उकालो लागेसँगै ४  दिन गिरावट आएको थियो । नेप्सेले सो बराबरको अंक गुमाएको हो।

     असोजदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर बढ्ने भएपछि सेयर बजार घट्न थालेको हो। बैंकर्स संघले विगत ६ महिनादेखि निक्षेपमा ब्याजदर नबढाउने गरी भद्र सहमति तोड्ने निर्णय गरेसँगै  साताको अन्तिम दुई दिन शेयर बजारमा पनि ओरालो लागेको हो। वाणिज्य बैंकहरुले गत फागुनदेखि निक्षेपको ब्याजदर बढाएका थिएनन्।

    नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा  १ अर्ब १ करोडको शेयर कारोबार भएको बजारमा यस दिन १ अर्ब १६ करोडको मात्र शेयर कारोबार भएको छ। गत साता  नेप्सेको कुल बजार पूँजीकरण २७ खर्ब ७९ अर्ब रुपैयाँ रहेको रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। 

    साताको पहिलो दिन आइतबार परिसूचक नेप्से ११ अंकले घटेर १ हजार ९ सय २६ दशमलव २८ विन्दुमा पुगेको थियो । साताको दोस्रो दिन नेप्से परिसूचक १३.५९ अंकले  घटेर १ हजार ९ सय १० दशमलब ३८ विन्दुमा बन्द भएको थियो। साताको तेस्रो दिन भने सामान्य अंकले बढ्न पुगेको थियो सो दिन २१.३० अंकले बढेर १ हजार ९ सय ३४ दशमलव ०४ विन्दुमा पुगेको थियो । मंगलबार ९२ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    मंगलबार शेयर बजार बढेसगैँ बुधबार पनि बढेन निरन्तरता पाइको थियो सो दिन ४७.४४ अंकले बढेर १ हजार ९ सय ८१ दशमलव ४८ विन्दुमा पुगेको थियो । बुधबार  १ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । ब्याजदर वृद्धि हुने त्रासले घट्यो शेयर बजार विहीबार भने गिरावट आएको थियो । यो दिन  ५७ अंकले घटेर १ हजार ९ सय २४ दशमलव ४८ विन्दुमा बन्द भएको थियो । सो दिन कारोबार रकममा भने वृद्धि भएको थियो भने २ अर्ब १२ करोड रुपैयाँ  रुपैयाँ बराबरको कारोबार भएको हो । 

    साताको अन्तिम दिन शुक्रबार १ बजेसम्म भएको कारोबारमा सामान्य अंकले घट्न पुगेको थियो सो दिन  १४.१० अंकले घटेर १ हजार ९ सय १० दशमलब ३८ विन्दुमा पुगेको थियो । साताको अन्तिम दिन ९० करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस दिन नेप्से घटेरसँगै कारोबार रकममा पनि गिरावट आएको थियो ।  

    यस साता १ कम्पनीको मात्र शेयर नेप्सेमा सूचीकृत भएको छ। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख ७० हजार १ सय ४२कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। यस साता अन्तिम दुई दिन शेयर बजार घटेसँगै सूचकहरु क्रमशः बढ्दै जादै गएको अवस्थामा बैंकहरुले भने फेरि एकपटक ब्याजदर वृद्धि गरिदिएका छन् ।

    त्यस्तै, क्रमशः निक्षेपमा सुधार हुँदै जाने संकेत देखिएको छ । ६ महिनासम्म ब्याजदर स्थिर गरेका बैंकहरुले अहिले एकाएक किन ब्याजदर बढाए भनेर कतिपयले प्रश्न पनि गरिरहेका छन् । सूचक ओरालै लागेको भए पनि घट्ने दर भने साँघुरिएको छ । यसले विस्तारै बजार सम्हालिन सक्ने संकेत गरेको छ ।

     


    images
    images

    Logo