images
images

७ दिन घटेपछि २० अंकले बढ्यो शेयर बजार


  • 357
    SHARES
  • २०७९ भाद्र २८ गते मंगलबार

    ७ दिन घटेपछि २० अंकले बढ्यो शेयर बजार

    काठमाडौं । लगातार ७ दिन घटेको बजार आज २१.३० अंकले बढ्न पुगेको छ । आज सो अंकले बढेसँगै १ हजार ९ सय ३४ दशमलव ०४ विन्दुमा पुगेको छ । मंगलबार २ सय ३१ स्क्रिपको ९२ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख ४६ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको हो । 

    १ सय ७२ कम्पनीको शेयर मुल्य बढेको छ भने १४ कम्पनीको शेयर मुलय घटेको छ । ५ कम्पनीको मुल्य स्थिर आएको छ । मंगलबार सवैभन्दा धेरै नविल बैंकको ५ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको ५ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    आज बोटलर्स नेपालको सकारात्मक सर्किट लागेको छ । 


    images
    images

    Logo