images
images

लगातार छैंटौ दिन घट्यो शेयर बजार, ६५ अंकको गिरावट


  • 452
    SHARES
  • २०७९ भाद्र २७ गते सोमबार

    लगातार छैंटौ दिन घट्यो शेयर बजार, ६५ अंकको गिरावट

    काठमाडौं । लगातार छै‌ंटौ दिन पनि शेयर बजार घटेको छ । साताको दोस्रो दिन सोमबार १३.५९ अंकले गिरावट आएसँगै परिसुचक छैटौ लिन सम्म घटेको हो । योसँगै बजार परिसुचक १ हजार ९ सय १२ दशमलव ६२ विन्दुमा पुगेको छ ।

    भदाै २० गते शेयर बजार परिसूचक १ हजार ९ सय ७३ अंकमा कायम थियो । सोमबारसम्म आइपुग्दा परिसूचक १ हजार ९ सय १२ अंकमा झरेको छ । यीबीचमा भएको कारोबारहरुमा लगातार घटिरहेको शेयर बजारले योबीचमा ६५ अंक गुमाएको छ । 

    परिसुचक घटेपनि आज कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा २ सय २५ स्क्रिपको  ७३ करोड १६ लाख रुपैयाँ बराबरको २६ लाख १३  हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज २८ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ४९ कम्पनीको शेयर मुल्य घटेको छ भने १२ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । आज म्युचुअल फण्ड बाहेक सवै परिसुचक घटेका छन् ।  

    सोमबार नविल बैंकको सवैभन्दा बढी ४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 


    images
    images

    Logo