images
images

शेयर बजारमा झिनो गिरावट, हिमालयन एभरेष्ट इस्योरेन्सकाे सर्वाधिक काराेबार


  • 438
    SHARES
  • २०७९ भाद्र २३ गते बिहीबार

    शेयर बजारमा झिनो गिरावट, हिमालयन एभरेष्ट इस्योरेन्सकाे सर्वाधिक काराेबार

    काठमाडौं । विहीबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक २.१३ अंकले घटेर १ हजार ९ सय ३७ दशमलव ७४ विन्दुमा अडिएको छ । आज २ सय २७ स्क्रिपको  १ अर्ब ४ करोड रुपैयाँ बराबरको ३४ लाख १ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

    विहीबार १ सय १७ कम्पनीको शेयर मुल्य बढेको छ ।  ६१ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको १३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको २ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 


    images
    images

    Logo