images
images

लगातार घट्दै शेयर बजार, १ अर्ब पनि भएन कारोबार


  • 498
    SHARES
  • २०७९ भाद्र २२ गते बुधबार

    लगातार घट्दै शेयर बजार, १ अर्ब पनि भएन कारोबार

    काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि घट्न पुगेको छ । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार देखि बुधबार सम्म घट्न पुगेको छ । आज साताको चौथो दिन बुधबार कारोबार रकम पनि घट्न पुगेको छ । 

    आज नेप्से परिसूचक ११.९७ अंकले घटेर १ हजार ९ सय ३९ दशमलव ८८ को विन्दुमा अडिएको छ । आज ३१ कम्पनीको शेयर मुल्य बढेको छ । बुधबार २ सय २४ स्क्रिपको  ८२ करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको २९ करोड ४३ लाख कित्ता शेयर कारोबार भएको छ । १ सय ४७ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको मुल्यमा स्थिर आएको छ । आज पनि म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

    आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    त्यस्तै, रिडी पावर कम्पनीको ३ करोड ४ लाख रुपैयाँको शेयर करोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको २ करोडमाथिको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फण्डको शेयर मुल्य बढ्न पुगेको छ । यस कम्पनीको ७.७२ प्रतिशतले बढेको हो । यो कम्पनी ले आज  लाभांश घोषण गरेको थियो । लाभांश घोषणा गरेसँगै यस कम्पनीको शेयर मुल्य बढ्न पुगेको हो । 


    images
    images

    Logo