काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.२२ अंकले घट्दा १ हजार ९ सय ५१ दशमलव ७९ विन्दुमा अडिएको छ । मंगलबार २ सय २७ स्क्रिपको १ अर्ब १९ करोड रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता शेयर किनबेच भएको छ । साताको तेस्रो दिन मंगलबार १४ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ७१ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी १२ उपसमूहको परिसूचक यस दिन ओरालो लागेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४० प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक २.०५ प्रतिशत घटेको छ ।
सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज रिडी हाइड्रोपावर कम्पनीको ९ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावर कम्पनीको ८ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै,नविल बैंकको ५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इनस्योरेन्स कम्पनीको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।



