images
images

शेयर बजारमा उत्साह फेरी पनि टिक्न सकेन, अर्बबाट करोडमा झर्‍यो कारोबार


  • 420
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    शेयर बजारमा उत्साह फेरी पनि टिक्न सकेन, अर्बबाट करोडमा झर्‍यो कारोबार

    काठमाडौं । शेयर बजारमा उत्साह फेरी पनि टिक्न सकेन । आइतबार ६ अंकले बढेको नेप्से सोमबार भने ४.२९ अंकले घट्न पुगेको छ । ४.२९ अंकले घटेर  १ हजार ९ सय ७३ दशमलव १ विन्दुमा अडिएको छ । 

    आज शेयर बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार १ अर्ब ७ करोड रुपैयाँ बराबर कारोबार भएकोमा आज ९० करोड ९९ लाख रुपैयाँ बराबरको २४ लाख ४४ हजार कित्ता शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ।

    साताको दोस्रो दिन ६१ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय १६ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै, १० कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 


    images
    images

    Logo