काठमाडौं । कार्यक्षेत्र बढाउन सहकारीहरु एक आपसमा मर्ज गर्न नपाइने भएकाे छ । सहकारी विभागले सोमबार सहकारी संघ संस्थाहरुको एकीकरण सम्वधी निर्देशन जारी गर्दै यस्तो बताएको हो । निर्देशनमा सहकारी मर्जरमा गएपछि पदाधिकारीमा समावेशिता कायम हुनुपर्ने, २०४९ साल जेठ २ गते भन्दा अगाडि स्थापना भएका साझा सहकारी संस्थाहरुको एकीकरण गर्दा मन्त्रालयको स्वीकृत लिनुपर्ने, मर्जरमा जाँदा तदर्थ समिति गठन भएको मितिले तीन दिनभित्र विभागलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।
सहकारी ऐन २०७४ अनुसार सहकारी संघ संस्था एकीकरण पश्चात हुन जाने पदाधिकारीहरुमा समावेशति हुनुपर्नेछ । त्यस्तै, सहकारी संघ संस्थाको एकीकरण निर्देशिन अनुसार समिति गठन गर्ने र समिति गठन भएको मितिले ३ महिना भित्र सम्वन्धित नियामक निकायमा जानकारी पठाउनपर्ने छ भने मर्जर हुन लागेका सहकारी संघ संस्थाहरुको कार्यक्षेत्र खप्टिएको बा जोडिएको हुनपर्ने छ ।
एकीकरण आवश्यकताको पहिचान भइ सदस्यहरुबाट माग भएको हुनर्पेछ भने सयुक्त बैठकबाट एकीकरण सम्वधी निर्णय हुनपर्ने छ । सहकारीहरु मर्जर हुनभन्दा पहिले एकीकरणसम्वधी गुनासो तथा उजुरी माग गरि १५ दिन पहिले सुचना प्रकासन गर्नुपर्नेछ त्यस्तो सुचना जारी भएपछि राष्ट्रिय तथा स्थानीय स्तरको पत्रपत्रिकामा प्रकाशन हुनेपर्ने छ ।
प्राप्त कागजात, विवरण, निवेदन उपर छानबिन गरी ३५ दिनभित्र सम्बन्धित संस्थालाई एकीकरणको अन्तिम स्वीकृति दिने वा नदिने भन्ने विषयमा विभागले निर्णय लिनेछ ।



