images
images

जापान पठाईदिन्छु भनी १३ लाख ठगी गरेको अभियोगमा पक्राउ 


  • 345
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    जापान पठाईदिन्छु भनी १३ लाख ठगी गरेको अभियोगमा पक्राउ 

    काठमाडौं । जापान पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा रहेकी छिन् ।

    जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट १३ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएकी मिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३१ सुविधानगरबाट पक्राउ गरेको हो । 

    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।


    images
    images

    Logo