काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेनसन कोषमा रहेको २ अर्ब रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले सोकवार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले क वर्गाको वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड, ख वर्गाको राष्ट्रिय वर्गका विकास बैंकहरुमा ३० करोड र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई भदाै २० गते कार्यलय समय भित्र जानकारी गराउन बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६५ दिनको हुनेछ ।