images
images

साउनमा ५ करोडको खानेपानी निर्यात


  • 395
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    साउनमा ५ करोडको खानेपानी निर्यात

    नेपालबाट चालू आर्थिक वर्ष २०७९ ८० को साउन महिनामा ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो महिनाको तथ्यांकअनुसार उक्त मूल्य बराबरको ९ लाख ९८ हजार लिटर पानी निर्यात भएको हो ।

    यस अवधिमा नेपालबाट निर्यात भएको सबै पानी भारततर्फ गएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट १५ लाख ५३ हजार रुपैयाँ बराबरको इनर्जी ड्रिंक समेत निर्यात भएको छ । नेपालबाट चालू वर्षको पहिलो महिनामा निर्यात भएको इनर्जी ड्रिंक समेत सम्पूर्ण भारततर्फ नै निर्यात भएको छ ।

     गत आर्थिक वर्षमा नेपालबाट भारत, कतार र चीन तथा दक्षिण कोरियातर्फ खानेपानी निर्यात भएको हो ।


    images
    images

    Logo