काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ क्यासनोलाई ७ दिन भित्र कर तिर्न अल्टिमेटम दिएको छ । आइतबार महानगरले पत्र पठाउर्दै क्यासनोहरुले महानगरापालिकालाई तिर्नुपर्ने सम्पूर्ण ७ दिन भित्र तिर्ने भनेको हो ।
क्यासिनोहरुले तोकिएको समयमा कर नतिरेमा राजश्व एने अन्तर्गत कारबाही गरिन महानगले चेतावनी समेत दिएको छ । महानगरपालिकाले म्यारियट होलतको डेल्टीन क्यासिनो, अन्नपूर्ण होटलको प्यालेस क्यासनो, र्याडिसन होटलको क्यासिनो र्याट, हायात होटलको प्राइड इन्टरटेनमेन्ड एण्ड रिक्रीएसन, सोल्टी होटलको माजोङ इन्टरनेनमेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न निर्देशन दिएको हो ।
बागमती प्रदेशको आर्थिक ऐन अनुसार क्यासिनोहरुले मनोरन्जन कर तिर्नुपदर्छ । यस्तै पछिल्ला तीन आर्थिक वर्षको प्रदेश आर्थिक ऐनमा प्रतिव्यक्ति ५० रुपैयाँ मनोरञ्जन कर लाग्ने व्यवस्था गरिएको छ ।



