images
images

शेयर बजारमा सामान्य सुधार, परिसुचक १९७७.३० विन्दुमा 


  • 496
    SHARES
  • २०७९ भाद्र १९ गते आइतबार

    शेयर बजारमा सामान्य सुधार, परिसुचक १९७७.३० विन्दुमा 

    काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ६.६८ विन्दुले बढेर १ हजार ९ सय ७७ दशमलव ३० विन्दुमा पुगेको छ । आइतबार १ सय ३३ कम्पनीको शेयर मुल्य बढेको छ । ४१ कम्पनीको शेयर मुल्य घटेको छ भने १५ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । 

    आइतबार २ सय २७ स्क्रिपको १ अर्ब ७ करोड रुपैयाँ बराबरको २८ लाख ७६ हजार कित्ता शेयर किनबेच भएको छ ।  आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, नेपाल टेलिकमको ६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, नविल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएका होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेका छन्। आज रुरु जलविद्युत कम्पनीको १० प्रतिशतले बढेको छ । 


    images
    images

    Logo