काठमाडौं । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकको मन्दिर अगाडी अबैध रुपमा बनाइएको पसलहरु हटाउन २४ घण्टा अल्टिमेटम दिएको छ । महानगरले आइतबार असन, इन्द्रचोकस्थित रहेको पसलहरुलाई २४ घण्टा अल्टिमेटम दिएको हो ।
काठमाडौं महानगरपालिका स्थित बडा नं २५ को कार्यालयले सुचना जारी गर्दे इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, श्री भवानी शंकर मन्दिर क्षेत्रमा रहेको माटोको भाँडा कुँडा लगायत अन्य व्यापार व्यवसायीहरुलाई पसलहरु हटाउने निर्देशन दिएको हो ।