images
images

५ करोड बराबरको आयकर र भ्याट छलीको आरोपमा ३ जना विरुद्ध मुद्दा दायर


  • 530
    SHARES
  • २०७९ भाद्र १९ गते आइतबार

    ५ करोड बराबरको आयकर र भ्याट छलीको आरोपमा ३ जना विरुद्ध मुद्दा दायर

    काठमाडौं । राजश्व अनुसन्धान विभागले ५ करोड ४६ लाख रुपैयाँ बराबरको आयकर र भ्याट छलीको आरोपमा ३ जना विरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा धिरज कुमार जयसवाल, सुमन कुमार श्रेष्ठ ,राहुल कुमार जयसवाल रहेका छन् । 

    काठमाडौंको बसुन्धारामा रहेको दुर्गा ट्रेडर्सका सञ्चालकहरु बिरुद्ध विभागले ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ मूल्य अभिबृद्धि र आयकर छलीको आरोप लगाउँदै शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।


    ट्रेडर्सका सञ्चालकहरु धीरजकुमार जैसवाल, सुमनकुमार श्रेष्ठ र राहुलकुमार जैसवालले मूल्य अभिबृद्धितर्फ १ करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ छलीको आरोप लगाएको छ ।मूल्य अभिबृद्धि र आयकर छल्नका लागि फर्मले नक्कली बिल बिजक जारी गरेको विभागले दाबी गरेकाे छ । 


    images
    images

    Logo