काठमाडौं । लगातार ३ दिनदेखि घटिरहेको सुनको मूल्य आज बढेको छ । आइतवार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
गत मंगलवार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन निरन्तर घटेर शुक्रवार ९३ हजार रुपैयाँमा झरेको थियो । आइतवार घट्ने क्रममा ब्रेक लाग्दै एकैदिन ६ सय रुपैयाँले बढेर ९३ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।