काडमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) काे १०० दिन पुगेको छ । सो समयमा बालेनले गरेका प्रगतिका प्रगतिहरु सार्वजनिक गरेका छन् ।
मेयर बालेनले आज सामाजिक सञ्जालमार्फत आफुले १०० दिनमा गरेका कार्यहरुमध्ये केही मन छोएका कार्यहरुको बारेमा प्रस्तुत गरेका छन् । जसमध्ये उनले १०० दिनमा पुर्ण रुपमा फोहोर व्यवस्थापन सोचे अनुरुप गर्न नसकेको बताएका छन् । साथै फेहोरलाई पुर्ण रुपमा व्यवस्थापन गर्न नसके पनि उक्त समस्याको सतहसम्ममा पुगेको बताएको छन् ।
साथै उनले सो समयावधिमा महानगरमा भएका अवैध संरचनाहरुलाई हटाउर्ने कार्य पनि गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनु पर्छ भनेका छन् । साथै बालेनले सो समयभित्र फुटपाथबाट मकैको ठेला हटाउने, स्पोर्टसका लागि १ करोड रुपैयाँ छुट्याएका छन् त्यसैगरि यमबुद्धको सालिक बनाउने निर्णय लगायतका कामहरु उनले गरेका छन् ।



