images
images

कक्षा १२ को परीक्षाफल प्रकाशित, १ लाख ८८ हजार जना फेल


  • 714
    SHARES
  • २०७९ भाद्र १७ गते शुक्रबार

    कक्षा १२ को परीक्षाफल प्रकाशित, १ लाख ८८ हजार जना फेल

    भक्तपुर । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि २५ गतेसम्म भएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको हो । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम लगायतका बेभसाइटहरुबाट हेर्न सकिने बोर्डले जनाएको छ । 

    परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा परीक्षा फाराम भरेकोमा ३ लाख ९६ हजार १ सय ८५ परीक्षामा सहभागी भएका थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

    परीक्षामा सहभागीमध्ये ४ हजार १ सय ७९ जनाले ए-प्लस ल्याएका छन् । त्यस्तै, ग्रेड ए ल्याउने ३० हजार १ सय ७ जना छन् । बी-प्लस ल्याउने ६५ हजार २ सय ८४ जना, बी ल्याउने ६४ हजार ९३ जना छन् भने सी-प्लस ल्याउने १० हजार ९ सय जना छन् । 

    त्यस्तै, डी-प्लस ल्याउने ३५ जना हुँदा डी–ग्रेड ल्याउनेको संख्या शुन्य छ । शुन्य देखि ३५ अंकसम्म ल्याउने विद्यार्थीलाई नन ग्रेडेड मानिएकोमा यस्तो संख्या १ लाख ८८ हजार ४ सय १० रहेको छ । यी परीक्षार्थी फेल भएसरह मानिन्छ  ।


    images
    images

    Logo