काठमाडौं । नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । शुक्रवार बैंकको २४ लाख १ हजार ४ सय ८२ इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले गत असारमा सो ऋणपत्र बिक्री खुला गरेको थियो । सोही ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो । उक्त ऋणपत्रमा वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको छ ।