काठमाडौं । डिजेलको मूल्य फेरि बढेको छ । भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य प्राप्त भएसँगै नेपाल आयल निगमले डिजेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो ।
अब डिजेलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ कायम भएको छ । यसअघि यो १ सय ७२ रुपैयाँका बिक्री हुँदै आएको थियो ।
यो मूल्य समायोजनपछि पनि निगम १५ दिनमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सानमै रहने जनाइएको छ । डिजेलसँगै मट्टितेलको मूल्य पनि ६ रुपैयाँले नै बढेको छ ।
पेट्रोल, हवाइ इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको छ । डिजेलको मूल्य बढेसँगै अब सवारी साधनको भाडा समेत बढ्नेछ ।