images
images

महेश बस्नेतको पक्षमा उभियो भक्तपुर एमाले, 'पराजित मानसिकता भएकाले चरित्रहत्या गरे'


  • 3.4K
    SHARES
  • २०७९ भाद्र १६ गते बिहीबार

    महेश बस्नेतको पक्षमा उभियो भक्तपुर एमाले, 'पराजित मानसिकता भएकाले चरित्रहत्या गरे'

    काठमाडौं । अवैध संरचना भत्काउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कदम विरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि आलोचना खेप्दै आएका एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको पक्षमा भक्तपुर एमालेले उभिएको छ । 

    जिल्ला अध्यक्ष वचन देउजाले बिहीबार विज्ञप्ती जारी गर्दै सामाजिक सञ्चालमा सम्प्रेषण गरिएका भ्रामक सामाग्रीप्रति ध्यानाकर्षण व्यक्त गरेका छन् । उनले बस्नेतको आलोचना गर्नेलाई राजनीतिक अपराधीको समेत संज्ञा दिएका छन् । 

    आगामी मंसिर ४ गते निर्वाचनमा हारको मानसिकताबाट ग्रसित भइ तिल्मिलाएका अराजक समूहले विक्षिप्तताको प्रमाणस्वरुप चरित्रहत्या गर्न खोजिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तो प्रचारलाई विश्वास नगरी त्यसको प्रतिवाद गर्न समेत अध्यक्ष देउजाले आह्वान गरेका छन् । 

    काठमाडौं महानगरपालिकाले अल्फाबिटा कम्प्लेक्सको संरचना भत्काएपछि बस्नेतले बालेनको कदमलाई नियन्त्रण गर्ने बताएका थिए । त्यस्तै, अर्को कार्यक्रममा उनले मुखले भन्दा नभए हात खुट्टा जे हुन्छ चलाउन भन्दै भौतिक कारबाहीको चेतावनी दिएका थिए ।

    uml -bhaktapur.jpg

     


    images
    images

    Logo