काठमाडौं । हास्य कलाकार नारद खतिवडालाई मातृशोक परेको छ । खतिवडाकी आमा सावित्रीदेवी खतिवडाको ७४ वर्षको उमेरमा बिहीबार दिउँसो २ बजे निधन भएको हो ।
उनी ४ वर्षदेखि पक्षघातबाट ग्रसित थिइन् । उनको आज साँझ ६ बजे पशुपतिमा अन्तिम संस्कार हुनेछ ।