काठमाडौं । काठमाडौं महानगरपालिकाले संरचना भत्काएको भन्दै अल्फाबिटा कम्प्लेक्स कानूनी उपचारमा जाने तयारी गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै अल्फाबिटाले महानगरको ग्राउण्ड फ्लोर व्यवसायिक प्रयोजनको लागि प्रयोग गर्न महानगरपालिकालाई थप दस्तुर तिरेको उल्लेख गर्दै महानगरको कदम विरुद्ध कानूनी उपचार खोज्ने जनाएको हो ।
कम्प्लेक्सले आफ्नो निर्माण सम्पन्नताको प्रमाणपत्र समेत सार्वजनिक गर्दै ३ दशक लामो संस्थाको विश्वसनीयतामाथि आँच आउने किसिमले सूचना प्रवाह गरिएको भन्दै त्यसलाई विश्वास नगर्न समेत आग्रह गरेको छ ।
