images
images

बैंक अफ काठमाण्डूका ग्राहक मेरो स्टोरमा १० प्रतिशत छुट


  • 420
    SHARES
  • २०७९ भाद्र १५ गते बुधबार

    बैंक अफ काठमाण्डूका ग्राहक मेरो स्टोरमा १० प्रतिशत छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूले ग्राहकहरुलाई मेरो स्टोरमा १० प्रतिशत छुट दिने भएको छ । बैंक र स्टोरबीच बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

    यस सम्झौता पश्चात बैंकका ग्राहकले मेरो स्टोरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेरो स्टोर, बुटवल, रुपन्देहीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  
     
    हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

     


    images
    images

    Logo