काठमाडौं । भृकुटीमण्डप स्थिर काठमाडौं फनपार्कलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कर तिर्न अल्टिमेटम दिएका छन् । बुधबार महानगरले पत्र पठाउँदै फनर्पाकले महानगरपालिकालाई तिर्नुपर्ने सम्पुर्ण कर २४ घण्टाभित्र दाखिला गर्न भनेको हो ।
तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । महानगरका राजस्व विभाग प्रमुख डा। शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ, ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यौता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।’