images
images

पहिलो दिन नै राप्ती हाइड्रोको शेयर ९७ हजार कित्ता कारोबार, सर्किट लागेर फर्कियो मूल्य


  • 587
    SHARES
  • २०७९ भाद्र १५ गते बुधबार

    पहिलो दिन नै राप्ती हाइड्रोको शेयर ९७ हजार कित्ता कारोबार, सर्किट लागेर फर्कियो मूल्य

    काठमाडौं । कारोबार खुलेको पहिलो दिन नै राप्ती हाइड्रोको शेयर ९७ हजार कित्ता कारोबार भएको छ । बुधबारदेखि सुरु भएको सो कम्पनीको शेयर आज ९७ हजार ६ सय ५३ कित्ता कारोबार भएको हो । 

    कम्पनीको शेयरका कारोबारका लागि नेप्सेले ३ सय १९ रुपैयाँको अधिकतम ओपनिङ रेञ्ज तोकेको थियो । माथिल्लो रेञ्जबाट कारोबार सुरु भएको कम्पनीको शेयर केही बेरमै सकारात्मक सर्किट लागेर ३ सय ५० रुपैयाँसम्म पुगेको थियो । 

    तर, पहिलो दिनकै वृद्धि लामो समय भने टिक्न सकेन । सकारात्मक सर्कट लागेको शेयर क्रमशः घट्दै ३ सय २१ दशमलव १० रुपैयाँमा झरेर बन्द भएको छ । यो सुरुको कारोबार भन्दा ०.९७ प्रतिशत मात्रै बढी हो । 

    मंगलबार राप्ती हाइड्रोको ६१ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । केही समय अघि मात्रै सो कम्पनीले साधारण शेयर निष्कासन गरेको थियो । 


    images
    images

    Logo