काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड मार्फत् हुने भुक्तानीमा कडाइ गरेको छ । मंगलबार एकिकृत परिपत्र २०७८ मा संशोधन गर्दै डलर कार्डमार्फत् हुने भुक्तानीमा कडाइ गरेको हो ।
बैंकले मंगलबार सूचना निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु तथा राष्ट्रिय स्तरका विकास बैंकहरुलाई डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी नगर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले मर्चेन्ट क्याटोगोरी कोड भित्रका १८ वस्तु तथा सेवामा कार्ड प्रयोग गरेर भुक्तानी नगर्न भनेको छ ।राष्ट्र बैंकले वायर ट्रान्सफर, बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी लगायतमा डलर कार्डमार्फत् कारोबार गर्न नपाइने व्यवस्था गरेको हो ।