images
images

भदौ २३ गतेदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो आयोजना हुने


  • 420
    SHARES
  • २०७९ भाद्र १३ गते सोमबार

    भदौ २३ गतेदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो आयोजना हुने

    काठमाडौं । काठमाडौंमा आगामी भदौ २३ देखि फर्निचर तथा फर्निसिङ हुने भएको छ।  काठमाडाै‍ंकाे भृकुटीमण्डपमा भदौ २३ देखि २७ गतेसम्म आयोजना हुन लागेकाे हाे । 

    नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचर जन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताएका हुन् । वर्षेनी झण्डै ६० अर्ब रूपैयाँ बराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुँदै आएकोमा ५० प्रतिशत हिस्सा आयातित वस्तुले ओगटेको संघका अध्यक्ष जोशीले दाबी गरे।

    ‘तयारी वस्तु उत्पादनमा अन्य मुलुकले प्रयोग गर्दै आएका प्रविधिको प्रदर्शनी र सोको जानकारी व्यवसायीका लागि एक्स्पोमा आकर्षण बन्नेछ,’ जोशीले भने, ‘अन्य मुलुकबाट आउने तयारी उत्पादनमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न एक्स्पोले सहयोग पुर्याउनेछ भने स्वदेशमा नै कसरी गूणस्तरीय तयारी वस्तु उत्पादन गर्ने भन्ने विषयमा जानकारी दिनेछ ।’

    किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षणका रुपमा रहने छन्।  फर्निचर तथा फर्निसिङका उत्पादकहरुले आफ्ना उत्पादनको बारेमा उपभोक्तालाई एकै स्थानमा जानकारी दिन सकुन् भन्ने उद्देश्य सहित एक्स्पो आयोजना गरिएको जोशीको भनाई छ।

    भारत, बंगलादेश लगायतका छिमेकी मुलुकका प्रदर्शक पनि एक्स्पोमा सहभागि हुनेछन्। पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता रहने भएकाे छ ।  न्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले एक्स्पोलाई प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ।

    एक्स्पो अवलोकनका लागि १०० रुपैयाँ शुल्क लाग्नेछ । डिजी पेबाट १० गोल्ड क्यास रिडिम गरेर पास पाउन सकिन्छ। विबरण संकलन केन्द्रमा आफ्नो विबरण भरेर निःशुल्क पनि एक्स्पो अवलोकन गर्न सकिन्छ ।

     


    images
    images

    Logo