images
images

एचआईडीसीएलको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि किन्न सक्ने


  • 578
    SHARES
  • २०७९ भाद्र १३ गते सोमबार

    एचआईडीसीएलको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि किन्न सक्ने

    काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीे (एचआईडीसीएल)को संस्थापक शेयर विक्रीमा रहेको छ । कम्पनीले संस्थापक समुहतर्फको २ करोड ३२ लाख ४ हजार कित्ता शेयर विक्री गर्न लागेको हो । 

    उक्त शेयरको न्युनतम शेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । साथै सो शेयरमा आवेदन दिँदा लगानीकर्ताले न्युनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । 

    इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई असोज ४ गते भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न कम्पनीले अनुरोध गरेको छ । 

    कम्पनीले गत साउन १५ गतेदेखि २९ गतेसम्म पनि शेयर विक्री खुला गरेको थियो सो समयभित्र संस्थापकहरु बाट पर्याप्त आवेदन नपरेकाले कम्पनीले पुनः बोलपत्र खुला गरेको हो । 


    images
    images

    Logo