images
images

सातामा ४५.६४ अंक घट्यो नेप्से,आगामी साता के होला बजार ?


  • 649
    SHARES
  • २०७९ भाद्र ११ गते शनिबार

    सातामा ४५.६४ अंक घट्यो नेप्से,आगामी साता के होला बजार ?

    काठमाडौं ।  सेयर बजार तल झर्ने क्रमले यो साता पनि निरन्तरता पाएको छ ।यो साता सेयर बजारको परिसूचक नेप्से ४५.६४ अंक घटेर २ हजार २२ दशमलव ६२ विन्दुमा झरेको छ। बजार खुलेको ६ कारोबार मध्ये २ कारोबार दिन उकालो लागेसँगै ४ दिन गिरावट आएको थियो ।नेप्सेले सो बराबरको अंक गुमाएको हो।

    यस साता मंगलबार र बुधबार भने शेयर बजार बढेको थियो । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा २ अर्ब १० करोडको शेयर कारोबार भएको बजारमा यस दिन १ अर्ब ६१ करोडको मात्र शेयर कारोबार भएको छ। 

    गत साताको अन्त्यसम्ममा २९ खर्ब ६३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६५ अर्ब रुपैयाँ घटेर २८ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।  साताको पहिलो दिन आइतबार परिसूचक नेप्से ७.७२ अंकले घटेर २ हजार ६० दशमलव ५५ बिन्दुमा पुगेको थियो । साताको दोस्रो दिन नेप्से परिसूचक ७.४१ अंकले घटेर २ हजार ५३ दशमलव १३ अंकमा बन्द भएको थियो।

    साताको तेस्रो दिन भने सामान्य अंकले बढ्न पुगेको थियो सो दिन १.८१ अंकले बढेर २ हजार ५४ दशमलव ९५ को विन्दुमा पुगेको थियो । मंगलबार १ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भउको थियो । मंगलबार शेयर बजार बढेसगैँ बुधबार पनि बढेन निरन्तरता पाइको थियो सो दिन २.८७ अंकले बढेर २ हजार ५७ दशमलव ८५ विन्दुमा पुगेको थियो । बुधबार १ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    विहीबार भने शेयर बजारमा गिरावट आएको थियो यो दिन १८.३० अंकले घटेर २ हजार ३९ दशमलब ५४ विन्दुमा बन्द भएको थियो । सो दिन कारोबार रकममा भने सामान्य वृद्धि भएको थियो भने १ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । 

    साताकोअ अन्तिम दिन शुक्रबार १ बजेसम्म भएको कारोबारमा सामान्य अंकले घट्न पुगेको थियो सो दिन १६.९३ अंकले घटेर २ हजार २२ दशमलव ६३ विन्दुमा पुगेको थियो । साताको अन्तिम दिन १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस साता हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ९७ लाख ९५ हजार ५ सय ५ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत भएको थियो । यो समयमा  धमाधम लाभांशको सिजन सुरु भएको छ । लाभांशको सिजन सुरु भएपनि शेयर बजार भने बढ्न पुगेको छैन् । अहिले नै बैंकहरुले संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाइसकेका छन् । 

     

     


    images
    images

    Logo