images
images

मिर्मिरे बुद्धज्योति लघुवित्तको एकीकृत कारोबार भदौ १५ गतेदेखि


  • 317
    SHARES
  • २०७९ भाद्र १० गते शुक्रबार

    मिर्मिरे बुद्धज्योति लघुवित्तको एकीकृत कारोबार भदौ १५ गतेदेखि

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योति लघुवित्त वित्तीय संस्थाको मर्जर पछिको एकीकृत कारोबार भदौ १५ गतेदखि सुरु हुने भएको छ । आसार ३१ गते बसेको दुवै कम्पनीको विशेष साधारण सभाले एक आपसमा गाभ्ने–गाभिने सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

    मर्जर पश्चात् बन्ने कम्पनीको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड कायम भएको छ । एकीकृत संस्थाको केन्द्रीय कार्यालय बनेपा बजार काभ्रेपलाञ्चोकमा नै  रहने भएको छ । साथै राष्ट्र बैंकबाट भदौ ६ गते मर्जर सम्बन्धि अन्तिम स्वीकृति  दिएको थियो । 


    images
    images

    Logo