images
images

शेयर बजारमा १८ अंकको गिरावट, सबै सूचक राताम्य हुँदा १ अर्बमा खुम्चियो कारोबार


  • 446
    SHARES
  • २०७९ भाद्र ९ गते बिहीबार

    शेयर बजारमा १८ अंकको गिरावट, सबै सूचक राताम्य हुँदा १ अर्बमा खुम्चियो कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अंकले घटेर २ हजार ३९ दशमलब ५४ विन्दुमा बन्द भएको छ । बुधबार भने नेप्से २।८७ अंकल बढेर २ हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको थियो ।  

    त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ४२ लाख ३४ हजार कित्ता शेयर किनबेच भएकाे छ ।

    आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, रिडी हाइड्रोपावर कम्पनीको ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, नेप्सेमा रहेका सबै सूचक आज राताम्य छन् । सर्वाधिक आज फाइनान्स समूहको २.०७ प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, हाइड्रोपावर सूचकको १.५९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको १.५६ प्रतिशतले घट्न पुगेको छ ।

    बजार ओरालो लागेपनि यस दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।


    images
    images

    Logo