अन्तराष्ट्रिय । युक्रेनले आफ्नो एउटा रेलवे स्टेशनमा रुसी रकेट आक्रमणमा २२ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएको छ । रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पूरा भएको दिनमै यतिधेरै जनाको ज्यान जानेगरि यो आक्रमण भएको हो ।
युक्रेनले आक्रमण पूर्वी सहर च्याप्लिनमा भएको बताएको छ, जहाँ एक गाडीमा सवार पाँच जना आक्रमणपछि गाडीमै जलेर मृत्यु भएको बताइएको छ । जसमध्ये एक ११ वर्षीय बालक पनि थिइन ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको बीचमा आक्रमणको बारेमा जानकारी दिएका हुन । यस आक्रमणमा करिब ५० जना घाइते भएको जानकारी दिए । चारवटा बोगीमा आगो लागेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने उनले बताए ।