images
images

नेप्सेमा झिनो सुधार, १०१ कम्पनीको शेयर मुल्य बढ्दा १ अर्ब ५२ करोडको कारोबार 


  • 495
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

    नेप्सेमा  झिनो सुधार, १०१ कम्पनीको शेयर मुल्य बढ्दा १ अर्ब ५२ करोडको कारोबार 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८७ अंकले बढेर २ हजार ५७ दशमलव ८५ विन्दुमा पुगेको छ । २ सय २३ स्क्रिपको १ अर्ब ५२ करोड रुपैयाँ बराबरको ३६ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    वुधबार १ सय १ कम्पनीको शेयर मुल्य बढेको छ । ७३ कम्पनीको शेयर मुल्य घटेको छ भने १३ कम्पनीको शेयर मुल्य स्थिर आएको छ । नेप्सेमा सानो अंकले सुधार आउँदा ७ कम्पनीको शेयर मुल्यमा हरियाली आएको छ भने ६ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । 

    आज सवैभन्दा धेरै अरुण कावेरी पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको १६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको ८ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिडी हाइड्रोपावर कम्पनीको ५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    बुधबार २ कम्पनीको शेयर मुल्यमा सर्किट लागेकाmे छ । सर्किट लाग्नेमा मन्दाकिनी हाइड्रोपावर र अपर हेवा खोला हाइड्रोपावर कम्पनी रहेका छन् । 

     

     


    images
    images

    Logo