images
images

नेपाल इन्भेष्टमेन्टको बैंकको कमायो ४ अर्ब ८ करोड नाफा, कस्ता छन् अन्य सुचक ?


  • 534
    SHARES
  • २०७९ श्रावण ११ गते बुधबार

    नेपाल इन्भेष्टमेन्टको बैंकको कमायो ४ अर्ब ८ करोड नाफा, कस्ता छन् अन्य सुचक ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्टको बैंकले ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । आर्थिक वर्ष २०७८र७९ मा बैंकले १४ प्रतिशत नाफा बढाएर  सो बराबर खुद नाफा कमाएको हो ।अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ३ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

    असार मसान्तसम्ममा बैंकले ५ अर्ब ९४ करोड  रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ६.२६  प्रतिशतले बढी हो । गत वर्ष यस्तो आम्दानी ५ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । 

    त्यस्तै, बैंकको सञ्चालन नाफामा ६ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । यो गतवर्षको तुलनामा ३१.५१ प्रतिशतले बढी हो । चौथो त्रैमाससम्ममा बैंकको वितरण योग्य नाफा २ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप ५.८६ प्रतिशतले बढेकाे छ भने कर्जा ०.४२ प्रतिशत बढेको छ।

    असार मसान्तसम्मा बैंकले १ खर्ब ८४ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ५७ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ८७ रुपैयाँ २१ पैसा रहेको छ।


    images
    images

    Logo